+
+

मोटरसाइकल दुर्घटना हुँदा सप्तरीमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते १२:४१

२५ फागुन, जनकपुरधाम । मोटरसाइकल दुर्घटना हुँदा सप्तरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाका ५० वर्षीय श्याम मण्डल रहेका छन् ।

बुधबार राति १० बजेको समयमा राजबिराज नगरपालिका ११ पम्प नहरस्थित भित्री सडकखण्डमा मण्डल आफैं चलाउँदै गरेको स४प ३२७५ नम्बरको मोटरसाइकल आफैं  अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मण्डलको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा  राति पौने १२ बजे मृत्यु भएको  सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?