+
+

नयाँ राष्ट्रपतिले के गर्ने, के नगर्ने ? गुरुराज घिमिरे (भिडियो)

गुरुराज घिमिरे गुरुराज घिमिरे
२०७९ फागुन २५ गते १८:४१

२५ फागुन, काठमाडौं । नेपालका ठूला परिवर्तनहरुमा भूमिका खेलेका रामचन्द्र पौडेल राष्ट्रपति बन्नु महत्वपूर्ण घटना हो । लोकतन्त्रको पुनर्स्थापना र संघीय गणतन्त्रका लागि लड्नुभएको शीर्षस्थ नेताहरुमध्ये उहाँ हो । हाम्रो पार्टी नेपाली कांग्रेसमा पनि सभापति शेरबहादुर देउवा र पौडेल नै शीर्षस्थ समवयी नेता हो ।

अब उहाँको काँधमा पार्टीभन्दा माथि उठेर राष्ट्राध्यक्ष बन्ने दायित्व आएको छ ।

बीपीलाई राजाले अकारण थुनेपछि आफू राजनीतिमा लागेको उहाँ बारम्बार सुनाउनुहुन्थ्यो । उहाँ नेविसंघको संस्थापकमध्ये हो । धेरै पृष्ठभूमि भएको, झन्डै १४–१५ वर्ष त जेलमै बिताएको समाजवादी नेतालाई राष्ट्रपतिमा पाएको छ देशले ।

उहाँ कांग्रेसबाट त्यहाँ पुगेको भए पनि अब कांग्रेस वा कुनै राजनीतिक समूहको स्वार्थलाई टेवा पुग्ने गरी काम गर्नुहुँदैन । गैरदलीय भूमिकामा अविचलित नै हुनुपर्छ नयाँ राष्ट्रपति । संसदभित्रका उतारचढाव, अनि दलभित्रका विषयमा उहाँले टाउको दुखाउनु हुन्न ।

विगतमा राष्ट्रपति बन्नुभएका व्यक्तित्वहरुबाट भएका सबल दुर्बल कार्य सम्पादनबाट पाठ सिकेर अघि बढ्दा नयाँ राष्ट्रपति पौडेललाई फाइदा हुन्छ । यसका लागि हाम्रो तर्फबाट सहयोग र शुभकामना ।

नयाँ राष्ट्रपति रामचन्द्र पौडेलका सबलता, दुर्बलता, अनि आगामी कार्यभारबारे कांग्रेस नेता गुरुराज घिमिरेको विस्तृत टिप्पणी यो भिडियोमा ।

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?