+
+

उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुन्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते २०:१७

२५ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार बिस्तार हुने बताएका छन् ।

बिहीबार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उपराष्ट्रपति निर्वाचनपछि मात्र सबै निर्वाचन प्रक्रिया पूरा हुने बताए । त्यसपछि सरकारलाई पूर्णता दिने उनको भनाइ छ ।

‘स्थानीय तहको निर्वाचनदेखि प्रदेश र संघको निर्वाचन अब राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेपछि उपराष्ट्रपतिको निर्वाचन एउटा बाँकी छ । तर समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको छ । अब हाम्रो ध्यान सरकारलाई पूर्र्णता दिने हुन्छ । उपराष्ट्रपतिको निर्वाचनपछि सरकार बिस्तार हुन्छ’ उनले भने ।

राष्ट्रपति निर्वाचनबाट बिहीबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?