+
+

महिलालाई उपराष्ट्रपति बनाउनुपर्ने पक्षमा माओवादी केन्द्र

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १३:२५

२६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने पक्षमा देखिएको छ ।

निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष र खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएकाले योभन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपति पदको उम्मेदवार हुनसक्ने भनी विज्ञप्ति निकालेको छ ।

यसबारे सत्ता साझेदार दलहरुको साझा धारणा आइसकेको छैन । तर, माओवादी केन्द्रले पुरुष राष्ट्रपति भएकाले महिला उपराष्ट्रपति हुँदा राम्रो हुने बताएको छ ।

‘संविधानमा फरक लिंग वा समुदाय भनिएतापनि अभ्यासमा राष्ट्रपति र उपराष्ट्रपतिमा महिला र पुरुष गराउने अध्यास गर्दै आएका छौं । अभ्यासलाई फलो गर्दा राम्रो हुन्छ’ माओवादी केन्द्रका महासचिव देव गुरुङले भने ।

महासचिव गुरुङले उपराष्ट्रपति कसले लिने भनेर गठबन्धनमा रहेका दलहरुका बीचमा औपचारिक सहमति समेत नभएको बताएका छन् । ‘जसपाले पनि उपराष्ट्रपतिमा आफ्नो मागदाबी प्रस्तुत गरेको छ’, गुरुङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?