+
+

‘बिहे पास’को गीतमा दयाहाङ र प्रकृतिका प्रेमको कुरा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १६:४७

काठमाडौं । दयाहाङ राई र प्रकृति श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘बिहे पास’को गीत ‘खाली छैन मेरो मुटु’ सार्वजनिक भएको छ । रोमान्टिक गीतमा यी दुई कलाकारले मायाको भाव साटासाट गरेका छन् । प्रवेश मल्लिकको संगीतमा अस्तित्भा कर्ण र विद्यामञ्जु तिवारीको स्वर समावेश छ ।

गीतमा डीपी खनालको शब्द र रामजी लामिछानेको नृत्य निर्देशन छ । प्रवेश पौडेल निर्देशित फिल्मले प्रेमिकालाई विवाह गर्न प्रेमीले गर्ने संघर्षको कथा भन्छ । केही दिनअघि सार्वजनिक टिजरमा पत्नीको भूमिकामा रहेकी प्रकृतिले सरकारी अधिकृतमा नाम निकाले मात्र विवाह गर्ने भन्दै दयाहाङसामु राखेको सर्तको कथा देखाइएको थियो ।

फिल्ममा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले पनि अभिनय गरेका छन् । पूर्वी नेपालका रमणीय स्थलमा खिचिएको फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् ।

शिव ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर, आकाश बराल र सजन काफ्लेको संयुक्त कथा रहेको फिल्मको पटकथा भने आकाश र सजनले लेखेका हुन् ।  फिल्म वैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?