+
+

उपराष्ट्रपतिबारे निर्णय लिन एमालेले बोलायो सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १९:२५

२६ फागुन, काठमाडौं । नेकपा एमालेले भोलि बिहान ९ बजे सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको बैठकमा उपराष्ट्रपतिको चुनावबारे छलफल हुने केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए ।

उपराष्ट्रपतिको चुनावमा उम्मेदवारी दिने वा दिने भन्नेबारे एमालेले निर्णय लिएको छैन । सत्तारुढ आठ दलबीच गठबन्धन हुँदा एमालेका राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङ पराजित भएका छन् ।

उम्मेदवारी दिने वा नदिने भन्नेबारे पार्टीभित्र अनौपचारिक छलफल चलिरहेको एक नेताले बताए । ‘सचिवालय बैठक अगाडि एउटा निष्कर्षमा पुग्छौं, उम्मेदवारी दिने कि नदिने भन्नेबारे अहिले अनौपचारिक कुराकानी भइरहेको छ’ ती नेताले भने ।

३ चैतमा हुने उपराष्ट्रपतिको चुनावका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?