+
+

‘ट्वीटरलाई सिध्याउने’ फेसबुकको तयारी, ल्याउँदैछ नयाँ एप

एजेन्सी एजेन्सी
२०७९ फागुन २७ गते १३:३९

फेसबुकको मातृ कम्पनी मेटाले एक नयाँ एप निर्माणमा काम गरिरहेको छ । उक्त एपको माध्यमबाट ट्वीटरको ठाउँ कब्जा गर्ने तयारी उसको छ ।

वास्तवमा एलन मस्कको आगमन, उनले ल्याएका नयाँ नयाँ नीतिहरू, सशुल्क सेवा जस्ता कदमहरुका कारण आम प्रयोगकर्ताहरुले ट्वीटरको उत्तम विकल्प खोजिरहेको ठम्याइ मेटाको छ । त्यसैले उसले यस्तो मौकालाई हातबाट फुस्किन दिन चाहँदैन । सोही कारण उसले ट्वीटर जस्तै आफ्नै नयाँ सोसल मिडिया एप बनाउँदैछ । उक्त एपमा प्रयोगकर्ताले टेक्स्टमा आधारित अपडेट पोस्ट गर्न सक्नेछन् । यो एपको निर्माण सुरुआती चरणमा रहेको बताइएको छ ।

के छ मेटाको तयारी ?

कम्पनीले Platformer लाई दिएको विशेष जानकारीमा भनेको छ-हामीले टेक्स्ट अपडेट शेयर गर्नका लागि एक Standalone Decentralized सोसल नेटवर्क तयार गरिरहेका छौं । हामीलाई लाग्छ कि अझै एउटा यस्तो स्पेस विद्यमान छ जहाँ सार्वजनिक व्यक्तित्वहरु तथा सर्जकहरुले आफ्नो रुचीको बारेमा समय समयमा शेयर गर्न सकुन् ।

मेटाको नयाँ एपका विषयमा पछिल्लो केही समयदेखि लगातार चर्चा सुन्न थालिएको हो । त्यसलाई P92 कोडनेमबाट देखिएको पनि थियो । जसमा प्रयोगकर्ताहरुले इन्स्टाग्राम क्रेडेन्सियलको सहयोगमा लगइन गर्न सक्नेछन् । रिपोर्ट अनुसार मेटाको यो प्रोजेक्टलाई इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले नेतृत्व गरिरहेका छन् ।

विकेन्द्रित हुनु खुबी र चुनौती दुवै हो

यो प्लाटर्फमको सबैभन्दा रोचक कुरा के भने मेटाले यसको नेटवर्क विकेन्द्रित राख्नेछ । मेटाको यो कदमले उसलाई अन्य सोसल मिडिया प्लाटर्फमसँग प्रतिस्पर्धा गर्न सहयोग गर्नेछ । पहिले पनि यस्तो विकेन्द्रित एपका विषयमा माग उठिसकेको छ ।

कुनै पनि एपको नेटवर्क डिसेन्ट्रलाइज्ड हुनुको मतलब यसको डेटा कुनै एक ठाउँमा वा सर्भरमा भण्डारण तथा नियन्त्रण हुँदैन । अर्थात् यसको कुनै केन्द्र नै हुनेछैन । यसलाई तपाईं क्रिप्टोकरेन्सीको रुपमा पनि बुझ्न सक्नुहुन्छ ।

स्मरण रहोस् ट्वीटरका संस्थापक ज्याक डोर्सीले पनि हालै यस्तै डिसेन्ट्रलाइज्ड एप ब्लू स्काई लञ्च गरेका छन् । उक्त एप हाल आईओएसमा बिटा भर्सनमा उपलब्ध छ र यसलाई प्रयोग गर्नका लागि प्राइभेट invitation आवश्यक पर्दछ । यसको डिजाइन धेरै हदसम्म ट्वीटर जस्तै छ ।

यद्यपि विकेन्द्रित एपका केही चुनौती पनि छन् । हालसम्म कुनै पनि यस्ता विकेन्द्रित एपहरु एक मुनाफायुक्त व्यवसायमा परिणत हुन सकेका छैनन् । यो चुनौती मेटाको सामुन्ने पनि रहनेछ जो पछिल्लो समय आम्दानीको गिरावटसँग जुधिरहेको छ ।

एजेन्सी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?