
२८ फागुन, काठमाडौं । पाँचपोखरी टी-२० क्रिकेटमा ह्योल्मो र विजयी भएका छन् ।
आइतबार मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा ह्योल्मोले क्रिकेट क्लब बाह्रबिसेलाई ८ विकेटले हरायो ।
क्रिकेट क्लब बाह्रबिसले दिएको ७२ रनको लक्ष्य ह्योल्मोले २ विकेट गुमाएर पूरा गर्यो । ह्योल्मोका लागि विवेक तामाङले अविजित ३३ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्रिकेट क्लब बाह्रबिसेले १३ ओभरमा सबै विकेट गुमाएर ७१ रन बनाएको थियो । बाह्रबिसेका प्रकाश श्रेष्ठले १६ रन बनाए ३० रन अतिरिक्त पाएको थियो ।
ह्योल्मोका फुर्पा शेर्पाले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । विनोद तामाङले २ विकेट लिए ।
आइतबार भएको दोस्रो खेलमा पाँच पोखरी क्रिकेट क्लबले चौतारा साँगाचोकगढीलाई ५० रनले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको पाँचपोखरीले २० ओभरमा ८ विकेट गुमाएर १४२ रन बनाएको थियो । पाँचपोखरीका लागि सार्थक धितालले ३० रन बनाए । ७ रन अतिरिक्त पाएको थियो ।
चौताराका सन्तोष श्रेष्ठले २ विकेट लिए ।
१४३ रनको लक्ष्य पछ्याएको चौताराले २० ओभरमा ५ विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो । चौताराका विनोद गौतम र दिपेन्द्र डंगोलले समान २४ रन बनाए ।
बलिङमा पाँचपोखरीका सार्थक धितालले २ तथा ससन चौलागाईँ र मनोज खड्काले समान १ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4