+

आर्सनल विजयी, युनाइटेड बराबरीमा रोकियो

२०७९ फागुन  २९ गते ८:१० २०७९ फागुन २९ गते ८:१०
आर्सनल विजयी, युनाइटेड बराबरीमा रोकियो

२९ फागुन, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आइतबार राति फुलहमलाई ३-० ले पराजित गरेको छ । यो जितपछि आर्सनलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि फेरि ५ अंकको अग्रता समेत बनाएको छ ।

फुलहमको मैदानमा भएको खेलमा आर्सनलका लागि गाब्रीएल मगलाहाएसले २१औं, गाब्रीएल मार्टिनेलीले २६औं र मार्टिन ओडेगार्डले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । तीनै गोलका लागि लियोन्ड्रो ट्रोसार्डले असिस्ट गरेका थिए ।

जितपछि आर्सनलको २७ खेलबाट ६६ अंक भएको छ । समान खेलबाट सिटीको ६१ अंक छ ।

फुलहम २७ खेलबाट ३९ अंकसहित आठौं स्थानमा छ ।

लिगकै अर्को खेलमा दश खेलाडीमा समेटिएको म्यानचेष्टर युनाइटेडले साउथह्याम्पटनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडका कासेमिरोले ३४औं मिनेटमा रातो कार्ड पाएको थियो ।

बराबरीपछि २६ खेलबाट ५० अंक जोडेको युनाइटेड तेस्रो स्थानमै छ । साउथह्याम्पटन २६ खेलबाट २२ अंकसहित पूछारमा छ ।

अर्को खेलमा न्युकासले वभ्सलाई २-१ ले पराजित गरेको छ । जितपछि २५ खेलबाट ४४ अंक जोड्दै न्युकासल पाँचौ स्थानमा उक्लेको छ ।

आर्सनल म्यानचेष्टर युनाइटेड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय