+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
६६ बलमा ११३ रन आवश्यक
चितवन राइनोज 2025
57/3 (8.6)
Shares

दिगो शान्ति स्थापनाको पहल गर्न नेवाः मुक्ति मोर्चाको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते ११:४२

२९ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट नेवाः मुक्ति मोर्चाले बलिदानसँग साटिएका उपलब्धिहरु संस्थागत गर्न र देशमा दिगो शान्ति स्थापनाका लागि पहल गर्न सबै पक्षलाई अपिल गरेको छ ।

द्वन्द्वकालीन घटनाका मुद्दालाई लिएर प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएकोमा विरोध जनाउँदै मोर्चाले यस्ता गतिविधिले शान्ति प्रक्रियामा असर पुग्ने ठहर गरेको छ ।

मोर्चाका अध्यक्ष दिलिप महर्जन र महासचिव देवेन्द्र श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै द्वन्द्वकालीन घटना सत्य निरुपण तथा मेलमिलाप आयोगको अधिकार क्षेत्रभित्र पर्ने भन्दै त्यसलाई प्रतिकूल असर पर्ने गतिविधि नगर्न आह्वान गरेको छ ।

विस्तृत शान्ति सम्झौता पक्षधर, महिला, उत्पिडित जाती, समुदाय, वर्ग, अग्रगामी राजनीतिक पार्टी, बुद्धिजिवी, मानव अधिकारकर्मी, पत्रकार लगायतलाई दिगो शान्ति स्थापनाका लागि भूमिका खेल्न अपिल गर्दै मोर्चाले प्रतिगमनकारी गतिविधिको प्रतिरोध गर्ने चेतावनीसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?