+
+

राष्ट्रपति पौडेलसँगै जेल बसेकालाई शपथ ग्रहणमा निम्तो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १२:०२

२९ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफूसँगै जेलमा बसेकाहरुलाई शपथग्रहण समारोहमा बोलाएका छन् । इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मा र डिल प्रसाद सापकोटालाई पौडेलले आफ्नो शपथग्रहण समारोहमा बोलाएका हुन् ।

सापकोटा बाजे भनेर चिनिने डिलप्रसादले पौडेल बागलुङ जेलमा बस्दा दूध पुर्याएर सहयोग गरेका थिए । बागलुङमा बस्दै आएका डिलप्रसादलाई पनि पौडेलले शपथ ग्रहण समारोहमा सहभागी हुन भन्दै काठमाडौं बोलाएको उनको सचिवालयले जनाएको छ ।

यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेलले आज दिउँसो एक बजे शीतल निवासमा शपथग्रहण गर्दैछन् । शपथग्रहण समारोहमा विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगका प्रतिनिधिलगायत करिब १ हजार ५ सय जनालाई निम्तो दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?