+
+

विराटनगरमा सुकुम्बासी अगुवासँग मेयरको छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १७:३८

२९ फागुन, विराटनगर । विराटनगर महानगरपालिका नेतृत्वले सुकुम्बासी अगुवासँग छलफल गरेको छ । सुकुम्बासी बसोबासलाई व्यवस्थित गर्नका लागि भन्दै महानगरपालिकाले छलफल गरेको हो ।

सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई दीर्घकालीन रुपमा समाधान गर्ने उद्देश्यका साथ छलफल सुरु गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए । सुकुम्बासी अगुवाको माग सुनेपछि समस्या सामधान गर्न सहज हुने उनको भनाइ छ ।

सम्भव भएसम्म आफ्नो कार्यकालमा सुकुम्बासी समस्या सामधान गर्न पहल गर्ने कोइरालाले बताए । बिजुली, खानेपानी, विद्यालय, खेलकुद मैदान, स्वास्थ्यचौकी लगायतका आधारभूत सुविधासहितको एकीकृत वस्ती निर्माण गरेर सुकुम्बासीलाई व्यवस्थित गर्ने महानगरको योजना रहेको उनले बताए ।

सडक छेउछाउ निर्माण गरिएका अव्यस्थित झुप्रा र छाप्रोले महानगरको सौन्दर्यतामासमेत ह्रास आएको उल्लेख गर्दै महानगरले सुकुम्बासी समस्या समाधान गर्नेबताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?