+
+

शहीद स्मारक लिगमा खुमलटारको दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १७:५७

२९ फागुन, काठमाडौं । एफसी खुमलटारले शहीद स्मारक ए डिभिजन लिगमा सोमबार हिमालयन शेर्पा क्लबलाई २-१ ले पराजित गरेको छ । लिगमा नवप्रवेशी खुमलटारको यो दोस्रो जित हो ।

दोस्रो जितपछि चार खेलबाट ६ अंक जोडेर खुमलटार चौथो स्थामा उक्लेको छ । पहिलो खेलमै फ्रेण्ड्सलाई हराएर लिगमा विजयी सुरुवात गरेको खुमलटार त्यसपछि चर्च ब्वाइज युनाइटेड र थ्री स्टार क्लबसँग पराजित भएको थियो ।

च्यासल स्टेडियममा भएको खेलमा खुमलटारका लागि मनिष थापा र स्टेफन समिरले एक एक गोल गरे । हिमालयनका लागि कप्तान विश्वास श्रेष्ठले एक गोल फर्काए ।

खेलको २२औं मिनेटमा खुमलटारका मनिषले गोल गर्दै अग्रता दिलाएका थिए भने ६५औं मिनेटमा स्टेपेनले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । हिमालयन शेर्पाका लागि विश्वास श्रेष्ठले ८०औं मिनेटमा गोल गर्दै गोल अन्तर घटाए पनि हार टार्न पर्याप्त भए । यस सिजन दोस्रो हार बेहोरेको हिमालयन ४ खेलबाट ४ अंकसहित दशौँ स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?