+
+

कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते ६:५४
होरी अर्थात् होलीको अवसरमा नाचगान गर्दै राना थारु समुदाय । फाइल फोटो

३० फागुन, कैलाली । राना थारु समुदायले मनाउने खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिएको छ ।

यसअघि चैत १ गते सार्वजनिक बिदा दिने निर्णय गरे पनि त्यसलाई संशोधन गरी फागुन ३० गते नै सार्वजनिक विदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना थारु समुदायले होरी (होली)को अन्तिम दिन खखडेहरा पर्व मनाउँछन् । राना थारु समुदायमा होरी सबैभन्दा महत्वपूर्ण पर्व हो । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले २०७६ सालदेखि सार्वजनिक विदा दिन थालेको हो ।

त्यसअघि २०७४ सालमा पुनर्वास नगरपालिकाको ढक्कामा पहिलोपटक खखडेहरा महोत्सव आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?