+
+

खुटिया सडकमा १५ करोड बजेट निकासा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १३:५०

३० फागुन, डोटी । चालु आर्थिक वर्षमा सरकारले बजेट विनियोजन नगरेपछि निर्माण कार्य रोकिएको खुटिया–बिपीनगर–दिपायल–चैनपुर–उरै भञ्ज्याङ द्रूतमार्गको काम फेरिसुचारु हुने भएको छ ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७९ साल जेठ १५ गते संसदमा गरेको बजेट भाषणमा नपरेपछि मंसिरदेखि निर्माण कम्पनीहरुले सडक निर्माणको काम ठप्प पारेका थिए ।

फागुन २३ गते सरकारले सडक निर्माणका लागि १५ करोड रुपैयाँको निकासा दिएपछि निर्माण कार्य सुचारु हुने भएको हो । सडक आयोजना कार्यालय बिपीनगरका ईन्जिनियर दिनेश रैखोलाले १५ करोड रुपैयाँ रकम बिनियोजन भएको पुष्टि गरे ।

‘७८ करोड बरावरको ठेक्का भई काम भइरहेको थियो, चालु आर्थिक वर्षमा बजेट विनियोजन नहुँदा ठेकेदारहरुले काम रोकेका थिए’ ईन्जिनियर रैखोला भन्छन् ‘अव वजेटको व्यवस्था भएको छ, एक साताभित्रै काम सुचारु हुन्छ ।’

उनले १५ करोड रुपैयाँ वजेट अपर्याप्त भएको भएपनि हाललाई काम पुनः सञ्चालन हुने आधार वनेको वताए । उनी भन्छन् ‘कात्तिकसम्म काम गरेका ठेकेदारहरुको भुक्तानी दिनु पर्ने नै करीव १८ करोड होला, यस रकमले त पुग्दैन, तर पनि काम सुचारु हुन्छ ।’ सबै ठेकेदारहरुलाई अलिअलि भुक्तानी दिएर भएपनि काम अगाडि बढ्ने रैखोला बताउँछन् ।

उनले कार्यालयले औपचारिक रुपमा ठेकेदारहरुलाई पत्राचार गरि काम सुचारु गराउने प्रक्रिया अगाडि बढाएको जानकारी दिए । ‘एक साताभित्रै काम सुचारु हुन्छ’ रैखोला भन्छन् ‘हामीले ठेकेदारहरुलाई मौखिक रुपमा त जानकारी गराईसकेका छौं, लिखित रुपमै पत्राचार गर्ने तयारी भईरहेको छ ।’

उनले एक÷दुई दिनमै पत्राचार गरिसक्ने बताए । उनी सरकारले यसै आर्थिक बर्षमा थप वजेटको व्यवस्था गर्दा अझ राम्रो हुने वताउँछन् । यस आर्थिक बर्षमा थप रकम नआएपनि आगामी आर्थिक बर्षमा बजेट बिनियोजन हुने बिश्वास रैखोलाको छ ।

रकम निकास भएपछि निर्माण व्यवसायीहरु पनि उत्साही भएका छन् । सो सडकको दिपायल–मौवा खण्ड कालोपत्रेको ठेक्का लिएका दुनिला कन्ट्रक्सनका सञ्चालक ललित बोहरा भन्छन् ‘रकम आएको खवर हामीलाई प्राप्त भएको छ, अव फेरिकाम सुचारु हुन्छ ।’ उनले एक साताभित्रै निर्माण कार्य सुरु हुने बताए ।

उनले आफ्नो करीव ४ करोड लगानी काम गर्दै आएका थिए । तर सडकमा वजेटनै बिनियोजन नभएको जानकारी पाएपछि उनले काम रोकेका थिए । उनी भन्छन् ‘अव काम सुरु हुन्छ, असारभित्रै दिपायल एयरपोर्टदेखि ९ किलोमिटर सडक कालोपत्रे हुन्छ ।’

डोटी चेम्वर अफ कमर्शले आयोजना गरेको प्रादेशिक महोत्वसको उद्घाटन गर्न फागुन ४ गते हेलिकप्टरमार्फत डोटी पुगेका उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले उक्त सडक निर्माणमा बजेटको कमी हुन नदिने वताएका थिए ।

डोटीका राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीहरुसँग दिपायल बिमानस्थलमा संक्षिप्त कुरा गर्दै उक्त सडक निर्माण कार्य सरकारले प्राथमिकतामा राख्ने उनले दावी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?