+
+

जीप दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्दार

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १६:२३

३० फागनु, डोटी । जीप दुर्घटनामा परि घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्दार गरिएको छ ।

जिल्ला सुरक्षा समिति डोटीको समन्वयमा नेपाली सेनाको हेलीकप्टरबाट घाइतेको उद्धार गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाको एन ए ०६१ नम्बरको हेलिकप्टरमार्फत उद्धार गरि नेपालगञ्ज मेडिकल कलेज लगिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिइन् ।

रिफर गरिएका गम्भीर घाइतेहरुमा दिपायल सिलगढी नगरपालिका–७ की वर्ष ६५ की धौली देबी बिष्ट र दिपायल सिलगढी नगरपािलका–६ का वर्ष ३२ का बिष्णु बोहरा छन् । बिष्टको टाउकोमा गम्भिर चोट लागेको छ । उनी अचेत छन् । यस्तै बोहराको खुट्टा र अन्य भागमा पनि चोट लागेको छ । बोहरा मोटरसाइकल चालक हुन् ।

मंगलवार बिहान सिलगढीबाट दिपायल जाँदै गरेको गरेको सु.प्र.प.०१००१ ज १२५९ नम्बरको फोर्स जीप र विपरीत दिशाबाट आइरहेको सु.प्र.प.०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुँदा ६ जना घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्र जोशीका अनुसार अन्य घाइतेहरुमा जीप चालक विष्णु बिष्ट, जीपमा सवार २९ वर्षीया टंककुमारी उपाध्याय, २४ वर्षीया दुर्गा देवी बिष्ट र डेढ वर्षीय बालक सिर्जन बिष्ट छन् । उनीहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?