
शंकरदास बैरागी/फाइल तस्वीर
३० फागुन, काठमाडौं । सरकारले प्रशासनिक समन्वय परिषद् गठन गरेको छ । मुख्य सचिव शंकरदास बैरागीको संयोजकत्वमा प्रशासनिक समन्वय परिषद् गठन गरेको हो ।
२६ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयबाट परिषद् गठन भएको मुख्य सचिवको नेतृत्वमा सबै अर्थ सचिव, सामान्य प्रशासन सचिव, सातै प्रदेशका प्रमुख सचिव, राष्ट्रिय योजना आयोगका सचिव सहित ९ सदस्यीय परिषद् गठन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रशासनिक समन्वय परिषद् आवश्यक रहेको भन्दै संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सरकारलाई निर्देशन दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4