+
+

च्याम्पियन्स लिग : हालान्डको ५ गोल मद्दतमा म्यानचेस्टर सिटी क्वाटरफाइनल प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते ७:०२

१ चैत, काठमाडौं । एर्लिङ हालान्डको कीर्तिमानी पाँच गोल मद्दतमा इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइपजिगलाई म्यानचेस्टर सिटीले ७–० ले हरायो । समग्रमा ८–१ नतिजासहित सिटी अन्तिम आठमा पुगेको हो । यसअघि पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

घरेलु मैदान इतिहादमा गएराति भएको दोस्रो लेगमा सिटीका फरवार्ड एर्लिङ हालान्डले ५ तथा गुन्डोगान र ब्रुएनाले एक÷एक गोल गरे ।

हालान्ड च्याम्पियन्स लिगको एकै खेलमा ५ गोल गर्ने सबैभन्दा कान्छो खेलाडी समेत बनेका छन् । यसअघि अर्जेन्टिनाका मेसी र ब्राजिलका लुइस एड्रियानोले एकै खेलमा पाँच गोल गरेका थिए । हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र सिटीबाट एकै सिजन ३९ गोल गर्ने खेलाडीसमेत बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?