+
+

उपराष्ट्रपति निर्वाचन : उम्मेदवारको फोटोसहितको मतपत्र सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते ११:३४

१ चैत, काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले उम्मेदवारको फोटोसहितको मतपत्र सार्वजनिक गरेको हो ।

संघीय सांसद (प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्य)का लागि र प्रदेश सभा सदस्यहरुका लागि छुट्टाछुट्टै मतपत्र छ ।

उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ गते हुँदैछ ।

उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झा उम्मेदार छन् ।

अर्का उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेको भए पनि आयोगले दिएको समयसीमाभित्र फिर्ता नलिएका कारण मत्रपत्रमा उनको पनि नाम र फोटो छ ।

मतपत्रमा जनता समाजवादी पार्टीकी प्रमिला कुमारी यादवको समेत नाम समावेश गरिएको छ ।

यद्यपि यादवले आफ्नो उम्मेदवारी झिकेर जसपाकै यादवलाई समर्थन गरिसकेकी छिन् ।

तर दिएको समयभित्रै उम्मेदवारी नझिकेका कारण यादवको समेत नाम नमूना मतपत्रमा समावेश गरिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?