+
+

पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते, चितुवा मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते ११:४६
२ जनालाई आक्रमण गरेपछि मृत भेटिएको चितुवा ।

१ चैत, पोखरा । पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा रुपा गाउँपालिका-४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा १८ बस्ने ३२ वर्षीय राजेश तिमिल्सिना छन् ।

सामान्य घाइते अवस्थामा रहेका उनीहरूको उपचारका लागि पोखराको मेट्रोसिटी अस्पतालमा ल्याइएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीले जानकारी दिए ।

पछि चितुवा मृतावस्थामा फेला परेको उनले बताए । ‘स्थानीय मानिस, प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिने प्रयास भइरहेकोमा चितुवा मरेको अवस्थामा झाडीमा फेला परेको छ,’ डीएसपी जोशीले भने, ‘अहिले चितुवालाई वन कार्यालयको जिम्मा लगाइएको छ ।’

पोखरा महानगरपालिका १८ भकुण्डेस्थित ध्रुव थापालगायत ७ जनाले सामूहिक रुपमा सञ्चालन गर्दै आएको कालिज फार्मममा बुधबार बिहान करिब साढे ७ बजेतिरको समयमा फार्ममा अचानक चितुवा पसेको र सोही फार्ममा काम गर्ने कामदारलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

चितुवाका कारण २ कालिजसमेत मरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?