+
+

पर्यटन क्षेत्र लयमा फर्कने क्रममा छ : मन्त्री किराती

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते १३:२४
सुदन किराती

१ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन उद्योग बिस्तारै लयमा फर्कने क्रममा रहेको बताएका छन् ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा काठमाडौंमा सरू भएको क्षेत्रीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले लयमा फर्किन थालेको पर्यटन उद्योगको प्रवर्द्धनमा उद्योगको विकास, विस्तार र विविधिकरण गर्न आवश्यक रहेको बताए । उनले नयाँ गन्तव्य स्थलको खोजी, लगानी वृद्धि, एकीकृत पर्यटन पूर्वाधारको विकास, प्रविधिकरण र पर्यटन उद्योगबाट प्राप्त लाभलाई ग्रामीण तहसम्म वितरण गर्नुपर्ने आवश्यकता रहको बताए ।

मन्त्री किरातीले पर्यटनको विकासबाट आर्थिक क्रियाकलापमा अभिवृद्धि गरी रोजगारी सिर्जना हुने समेत बताए । यसले गरिबी निवारण, क्षेत्रीय विकास तथा आर्थिक वृद्धि हासिलमा सहयोग पुग्ने उनको भनाइ छ । पर्यटनमा सही सूचना र तथ्यांक चाहिने भन्दै उनले सही तथ्यांकको अभावमा निर्माण गरिने योजना वा कार्यक्रम व्यवहारिक नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?