+
+

सूर्य नेपाल सेन्ट्रल ओपनमा शुक्रको कीर्तिमानी प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते १९:४५

१ चैत, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले कीर्तिमानी प्रदर्शन गरेका छन् । ११-अन्डर ६१ को उम्दा प्रदर्शनमा शुक्रले गोकर्ण गल्फ क्लबमा नयाँ कोर्ष रेकर्ड कायम गरेका हुन् ।

सूर्य नेपाल मास्टर्स दौरान तीन भारतीय खेलाडी चिक्कारङ्गापा एस, अभिजत सिंह चड्डा र समिम खानले १०-अन्डर ६२ खेल्दै रेकर्ड बनाएका थिए । उक्त रेकर्ड १० वर्षपछि शुक्रले तोडेका हुन् ।

गोकर्ण गल्फ क्लबमा दोस्रो दिन ११-अन्डर ६१ खेल्दै समग्रमा १८-अन्डर १ सय २६ को सानदार नतिजामा शुक्रले भुवन नगरकोटीलाई ३ स्ट्रोकले पछि पारे । ९-अन्डर ६३ को उत्कृष्ट स्कोरमा भुवन समग्रमा १५-अन्डर १२९ सहित दोस्रो स्थानमा रहेका छन्। ९-अन्डरको स्कोरमा उनले शिवराम श्रेष्ठको रेकर्ड बराबरी गरे ।‌

एमेच्योर खेलाडी सदभाव आचार्यले ३-अन्डर ६९ खेल्दै समग्रमा ३-अन्डर १४१ को स्कोरसहित तेस्रो स्थानमा उक्लिएका छन् ।

नम्बर एक एमेच्योर खेलाडी सुवाश तामाङ र प्रोफेसनल खेलाडी जयराम श्रेष्ठ १-अन्डर १४३ सहित संयुक्तरुपमा चौथो स्थानमा छन् ।

सुवाशले १-अन्डर ७१ र जयरामले ३-ओभर ७५ मा दोस्रो दिनको खेल सकाए ।

यसैगरी १-ओभर ७३ स्कोर गर्दै समग्रमा इभन-पार १४४ सहित निरज तामाङ छैटौं स्थानमा छन् । २-अन्डर ७० जोड्दै समग्रमा १-ओभर १४५ सहित भुवनकुमार रोक्का सातौँ स्थानमा रहे ।

यस्तै टंकबहादुर कार्की र शिवराम पौडेलले २-ओभर १ सय ४६ सहित संयुक्तरुपमा आठौं स्थान बाँडे । टंकले १-अन्डर ७१ र शिवरामले १-ओभर ७३ स्कोर जोडे ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सुर्य नेपाल प्रा लिको प्रायोजनमा जारी प्रतियोगितामा एमेच्योर युवराज भुजेल र प्रो सञ्जय लामा ३-ओभर १ सय ४७ को नतिजामा संयुक्तरुपमा दशौं स्थानमा छन् ।

३६ होलको समाप्तीमा १३-ओभर सम्म खेल्ने २१ प्रो र ७ एमेच्योर गरी कुल २८ खेलाडीले कट बनाएका छन् ।‌

प्रो दिनेश प्रजापतिसँगै रामे मगर, प्रदीपकुमार लामा, राजेन्द्र श्रेष्ठ प्रधान, रमेश अधिकारी, बलभद्र राई, सञ्जोक मोक्तान, राम कृष्ण श्रेष्ठ, रबि खड्का, दीपक मगर, कमल तामाङ, सुर्य प्रसाद शर्मा र किसन कालीराज सुनारले कट बनाए। एमेच्योरतर्फ सद्भाव र सुवाशसँगै युवराज भुजेल, टासी छिरिङ, सुरेश तामाङ, निश्चयजंग रायमाझी र क्याप्टेन नोर्बु शेर्पाले पनि अन्तिम दुई दिनको लागि स्थान सुरक्षित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?