+
+

लिभरपुललाई हराउँदै रियल मड्रिड क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते ८:१४

२ चैत, काठमाडौं । स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै रियल समग्रमा ६-२ को जित निकालेको हो ।

लिभरपुलको मैदानमा पहिलो लेगमै ५-१ को अग्रता लिएको रियलका लागि दोस्रो लेगमा करिम बेन्जीमाले एक गोल गरे ।

घरेलु मैदान सान्टियागोल बर्नाबेउमा रियलका कप्तान बेज्मिमाले ७८ औं मिनेटमा गोल गरेका थिए ।

कीर्तिमानी १४ पटकको विजेता रियल १९औं पटक क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

यस खेलसँगै रियलले च्याम्पियन्स लिगमा ३०० खेल समेत पूरा गरेको छ । रियल च्याम्पियन्स लिगमा ३०० खेल खेल्ने पहिलो क्लब बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?