+
+

२६ किलो गाँजासहित पर्साबाट ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते ११:५९

२ चैत, वीरगञ्ज । प्रहरीले पर्साबाट लागु औषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका-३२ बस्ने रामतुल्लहा मिया,चितवन राप्ती नगरपालिका-१२ बस्ने सहमुल पुजा, मर्कुस पुजा, राम बिलास पुजालाई पक्राउ गरेको हो ।

उनीहरुलाई बिहीबार बिहान ५ बजे २६ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

उनीहरु जीतपुरबाट मनवातर्फ जाँदै गरेको ना २ ह ३०८ नम्बरको अटोमा सवार थिए । मिया अटोा चालक हुन् ।

उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?