+
+

मकवानपुरमा बस दुर्घटना हुँदा १४ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १७:१३

२ चैत, हेटौंडा । मकवानपुरकाे मनहरी गाउँपालिका-६ नयाँ बस्तीस्थित पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

चितवनबाट हेटौडातर्फ आउदै गरेको ना ७ ख १३२६ नम्बरकाे बस दिउँसाे ३:४० बजे आफैं अनियन्त्रित भई सडक बाट २०/२५ फिट तल बारीमा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेमध्ये १३ जनालाई उपचारकाे लागि भरतपुर र १ जनालाई हेटौंडा अस्पताल पठाइएकाे इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्णराज ढकालले जानकारी दिए । घाइतेमध्ये २ जनाकाे अवस्था गम्भीर छ ।

बसमा करिब २० जना यात्रु रहेकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?