+
+

विश्वकप छनोटका साक्षी (तस्वीरहरु)

विकास श्रेष्ठ र चन्द्रबहादुर आले विकास श्रेष्ठ र चन्द्रबहादुर आले
२०७९ चैत २ गते २०:५९

२ चैत, काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा झण्डै १५ हजार दर्शक सामु यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनोटमा पुगेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईबाट पाएको ३११ रनको विशाल लक्ष्य पछ्याउँदै नेपाललाई जिताउन नेपालका चार जना ब्याटरले अर्धशतक बनाए ।

नेपालले ४४ ओभर खेल्दै ६ विकेट गुमाएर २६९ रन बनाएको स्थितिमा खराब प्रकाशका कारण अम्पायरले खेल रोकेका थिए ।

खेल रोकिएपछि नेपाल डक वर्थ लेविस मेथडका आधारमा ९ रनले विजयी भयो । नेपाललाई जिताउन भीम कार्की ६७, आरिफ शेख ५२ र कुशल भुर्तेल ५० रनमा आउट भए । गुल्सन झा ५० रनमा नटआउट रहे ।

रंगशालाको भिरालो दर्शकदीर्घामा खुट्टा राख्ने ठाउँ थिएन । मैदानको कम्पाउण्डबाहिर र वरपरका रुखमा समेत दर्शक थिए ।

नेपाल र यूएईको खेल हेर्नका लागि भन्दै उपत्यकाबाहिरबाट समेत क्रिकेट समर्थक कीर्तिपुर आएका थिए । डक वर्थ लेविस मेथड अनुसार यूएईलाई ९ रनले हराएपछि उनीहरु खुसी हुँदै घर फर्किएका छन् ।

यूएईसँगको यो जितसँगै लिग टूमा तेस्रो भएको नेपालले आउँदो जुन जुलाइमा जिम्बाबेमा हुने विश्वकप छनोट खेल्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?