३ चैत, काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदमा जागिरको अवसर खुला भएको जनाएको छ । कम्पनीले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो ।
कम्पनीले प्रशासक/व्यवस्थापक (९औं तह)देखि सहायक पदसम्मका लागि आवेदन माग गरिएको हो । कम्पनीले चार्टर्ड एकाउन्टेन्ट, कानुन अधिकृत, सूचना अधिकृतलगायतका पदमा समेत आवेदन मागेको छ ।
आवेदन दिने म्याद २३ चैत र दोब्बर दस्तुर तिरेर ३० चैतसम्म तोकिएको छ । कम्पनीले शुक्रबार नै आन्तरिक प्रतिस्पर्धा र बढुवाका लागि समेत आवेदन खुलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4