+
+

च्याम्पियन्स लिगको ड्र : बार्यन म्युनिख र सिटी क्वार्टरफाइनलमै भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १७:२३
च्याम्पियन्स लिग ट्रफिका साथ रियल मड्रिड । फाइल तस्वीर ।

३ चैत, काठमाडौं । च्याम्पियन्स लिगको साविक विजेता रियलले मड्रिडले क्वाटरफाइनलमा चेल्सीसँग खेल्ने भएको छ । शुक्रबार भएको ड्र अनुसार स्पेनी महारथी रियलले इंग्लिस क्लब चेल्सीसँग खेल्ने भएको हो ।

यस्तै अर्को इंग्लिस क्लब म्यानचेष्टर सिटीले जर्मन महारथी वायर्न म्युनिखसँग क्वाटरफाइनल खेल्नेछ ।

दुई इटालियन क्लब एसी मिलान र नापोलीबीच अल इटालियन क्वाटरफाइनल हुनेछ । अर्को इटालियन क्लब इन्टरले पोर्चुगिज क्लब बेनफिकासँग खेल्नेछ ।

एसी मिलान र इन्टर दशकपछि क्वाटरफाइनल पुगेका हुन् भने नापोली पहिलो पटक क्वाटरफाइनल खेल्ने लागेको हो ।

रियल र चेल्सी तथा वायर्न र सिटीबीचको विजेता सेमिफाइनलमा भिड्नेछन् ।

यस्तै मिलान र नापोली तथा इन्टर बेनफिकाबीचको विजेताले अर्को सेमिफाइनल खेल्नेछन् ।

इन्टर विजेता बने सेमिफाइनल पनि अल इटालियन खेल हुनेछ ।

यस्तै चेल्सी र सिटी दुवै विजयी भए अर्को सेमिफाइनल पनि अल इंग्लिस हुने सम्भावना छ ।

क्वाटरफाइनल पहिलो लेगको खेल आगामी अप्रिल ११-१२ मा हुनेछ भने दोस्रो लेग अप्रिल १८-१९ मा हुनेछ । यस्तै सेमिफाइनल पहिलो लेग मे ९-१० र दोस्रो लेग मे १६-१७ मा हुनेछ । च्याम्पियन्स लिग फाइनल जुन १० मा टर्कीएको इस्तानबुलस्थित अटाटुर्क ओलम्पिक स्टेडियममा हुनेछ ।

म्यानचेष्टर युनाइटेड र सेभिया खेल्ने

युरोपा लिगको क्वार्टरफाइनलमा म्यानेचष्टर युनाइटेड र सेभिया भिड्ने भएका छन् । शुक्रबार भएको ड्रमा इंग्लिस क्लब युनाइटेडले ६ पटकको च्याम्पियन सेभिया प्रतिद्वन्द्वी पाएको हो ।

यस्तै इटालियन क्लब युभेन्टसले स्पोर्टिङ लिस्बेन, बार्यन लिभरकुसनले युनियन सेन्ट गिलोइस र फाइनोर्डले रोमासँग खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?