
जाउलाखेल युथ क्लब । फाइल तस्वीर ।
३ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई १-० ले पराजित गरेको छ ।
शुक्रबारको ललितपुरे डर्बीमा विदेशी खेलाडी एनकोटो मासोबीको गोलमा जावलाखेलले ३ अंक जोडेको हो ।
एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा मासोबीले १५औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । यस सिजन उत्कृष्ट सुरुवात गरेको जावलाखेलको यो तेस्रव जित हो ।
५ खेलबाट ३ जित एक बराबरी र १ हारबाट १० अंक जोडेको जावलाखेल तेस्रो स्थानमा उक्लेको छ । दोस्रो हार बेहोरेको थ्री स्टार ५ खेलबाट ७ अंकसहित छैटौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4