+
+

उपराष्ट्रपतिमा यादवको जित सबैको विजय हो : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १९:३८

३ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको जितले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिलेको बताएका छन् ।

आफ्नै दलका उम्मेदवार यादव निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले नवनिर्वाचित उपराष्ट्रपति यादव इमान्दारिता र स्वच्छ छविको प्रतिक भएको बताए । उनले भने, ‘उहाँको यो विजयले स्वच्छ राजनीति र स्वच्छ छविलाई प्रोत्साहन दिने छ । यो विजय सबैको विजय हो ।’

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति यादवको विजयलाई स्वभाविक रुपमा लिनुपर्ने प्रतिक्रिया दिनुभयो ।

यादवको विजयमा गठबन्धन दलहरु खुशी भएको भन्दै उनले भने, ‘कां‌ग्रेसको तर्फबाट निर्वाचित उपराष्ट्रपतिजीलाई बधाई दिन चाहन्छौँ । उहाँको कार्यकाल पूर्ण रुपमा सफल होस्, शुभकामना दिन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?