+
+

सुर्खेत उडेको बुद्ध एयरको विमानमा समस्या, फर्काएर काठमाडौं अवतरण

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ४ गते १०:४२

४ चैत, काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि पुन: काठमाडौं नै फर्काइएको छ । इन्डिकेटरले समस्या देखाएपछि विमान काठमाडौं नै फर्काएर अवतरण गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आज बिहान भएको यो घटनापछि जहाज ग्राउन्डेड गरिएको छ ।

यो जहाज उड्नुपुर्व चेक जाँच गरेका इन्जिनियरलाई समेत काममा रोक लगाइएको छ । अब प्राधिकरणको प्राविधिक टोलीको जाँचपछि मात्र जहाज उड्न सक्ने छ ।

विमान काठमाडौंबाट १५ नटिकल माइल उडेर काठमाडौं फिर्ता भएको हो ।

विमानमा ६२ जना यात्रु सवार थिए । उनीहरुलाई अर्को जहाजबाट गन्तव्य मा पुर्‍याउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?