+
+

ल्यापटपको टचप्याडले काम गरिरहेको छैन ? यसरी ठीक पार्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ४ गते १६:४९

ल्यापटप चलाउँदा माउस बोकिरहनुपर्ने झण्झट हुँदैन, किनकी त्यसमा टचप्याड उपलब्ध हुन्छ । यसले ल्यापटपलाई पोर्टेबल बनाउन सहयोग गर्दछ । तर कहिलेकाहीँ ल्यापटमा ड्राइभरमा आउने समस्या, हार्डवेयर समस्या तथा विभिन्न सफ्टवेयरमा हुने समस्या जस्ता कारणले ल्यापटपको टचप्याड चल्न छाड्छ ।

कहिलेकाहीँ ल्यापटपमा काम गरिरहेको बेला नै ल्यापटपको टचप्याड एक्कासी फ्रिज हुन्छ अर्थात् चल्न छाड्छ । आफुसँग माउस पनि नभएको र टचप्याडले पनि काम गर्न छाडेको अवस्थामा यस्तो हुँदा जरुरी काम बीचमै अड्किन सक्दछ ।

टचप्याडले काम गर्न छाडेपछि त्यसको मर्मतका लागि मर्मत केन्द्र वा सर्भिस सेन्टर जानुको विकल्प हुँदैन । तर सर्भिस सेन्टर जानु अगाडि हामी आफैले घरमा यस्ता केही काम गर्न सक्छौँ जसले टचप्याडलाई पूर्ववत् चालू अवस्थामा फर्काउन सक्दछ ।

  • यदि तपाइँले फोहोर लागेको वा तेल लागेको औँलाले टचप्याड चलाउँदा पनि फोहोर जम्मा भएर टचप्याडले काम गर्न छाडेको हुनसक्छ । त्यसैले टचप्याडको सतहलाई नरम कपडाले सफा गर्नुहोस् र जमेको फोहोर निकाल्नुहोस् ।
  • यदि तपाइँको ल्यापटपमा कुनै हार्डवेयरजन्य समस्या छैन भने तपाईंले ल्यापटपको ट्रयाकप्याड सेटिंग्स जाँच गर्न सक्नुहुन्छ । यदि तपाइँको ल्यापटपमा टचप्याड अन/अफ गर्ने छुट्टै बटन छ भने त्यसलाई एकपटक थिच्नुहोस् । उक्त बटनमा कुनैबेला थिचिएर टपप्याड अफ भएको पनि हुनसक्छ । त्यस्तै तपाइँले control panel टचप्याड सेटिंग्स चेक गर्नुहोस् र ट्रयाकप्याड राम्रोसँग configure भए नभएको हेर्नुहोस् ।
  • विन्डोज ल्यापटपमा कुनैपनि हार्डवेयर ठीक ढंगले काम गर्नका लागि त्यसका ड्राइभर हुनु आवश्यक पर्छ । त्यसका लागि तपाईंले start बटनको नजिकै रहेको सर्च बक्समा Device Manager टाइप गर्नुहोस् । त्यहाँ तपाइँले Mouse and Other Pointing device अप्सनमा गएर टचप्याडसँग सम्बन्धित जानकारी हेर्न सक्नुहुन्छ ।
  • Gesture Control बन्द गर्नुहोस् : कतिपय ल्यापटपहरुमा gesture control फिचर राखिएको हुन्छ । यो फिचर भएका ल्यापटपले औँलाको इशारामा काम गर्दछन् । यस्तो फिचर सक्रिय भएको अवस्थामा टचप्याडले काम नगर्न सक्दछ । त्यसैले तपाईंले टचप्याड सेटिंग्समा गएर gesture control लाई बन्द गर्न सक्नुहुन्छ । त्यसका अलावा तपाइँले आफ्नो ल्यापटपलाई रिस्टार्ट गर्न सक्नुहुनछ ।
  • यदि तपाईंको कम्प्युटर सिस्टम कुने भाइरस वा मालवेयरबाट आक्रमणमा परेको छ भनेपनि कम्प्युटरको टचप्याड लगायतले काम नगर्न सक्दछ । त्यसैले कम्प्युटरलाई भाइरसमुक्त बनाउनका लागि उपयुक्त एन्टीभाइरस इन्स्टल गर्नुहोस् ।
  • System Restore गर्नुहोस् । यो एउटा यस्तो टूल हो जसले तपाईंको ल्यापटपको सिस्टममा गरिएका हस्तक्षेप तथा परिवर्तनलाई पूर्ववत् अवस्थामा ल्याउाछ । यदि तपाईंले कुनै नयाँ सफ्टवेयर ल्यापटपमा इन्स्टल गर्नुभएको छ र त्यसपछि टचप्याडले काम गर्न छाडेको हो भने तपाइँले ल्यापटपलाई फर्म्याट वा रि स्टार्ट गर्न सक्नुहुन्छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?