+
+

तिलोत्तमा गोल्डकपमा सुदूरपश्चिम विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ४ गते १८:४७

४ चैत, बुटवल । २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उदघाटन खेलमा रुपन्देही–११ लाई ३-१ ले पराजित गर्दै सुदूरपश्चिम ११ ले विजयी सुरुवात गरेको छ ।

एन्फा टेक्निकल सेन्टर देवीनगरमा भएको खेलमा सुदूरपश्चिमका फागुराम थारुले ३१ औं र ६८ औं मिनेटमा गोल गरे । त्यसपछि स्वयं भण्डारीले सुदूरपश्चिमाञ्चलका लागि तेस्रो गोल गरे । खेल अवधिभर कमजोर प्रदर्शन गरेको रुपन्देही–११ का तर्फबाट एकमात्र सान्त्वना गोल खेलको अन्तिम समयमा बिदेशी खेलाडी फोडे फोफोनाले गरे ।

शनिबारको खेलमा सुदूरपश्चिमका फागुराम थारु म्यान अफ द म्याच घोषित हुदै ११ हजार १११ र एउटा हेल्मेट पुरस्कार पाए । आइतबार हिमालयन शेर्पा र थ्रीस्टार क्लबबीच खेल हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले बताए । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ तथा उपविजेताले ५ लाख ५५ हजार नगद पुरस्कार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?