
५ चैत, काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-२० क्रिकेट प्रतियोगिता यही चैत ९ गतेबाट हुने भएको छ ।
ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगितामा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
क्यानले शनिबार प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ ।
गत माघमा इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली सुलूरपश्चिम, मधेश प्रदेश, एपीएफसहित आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहने छ ।
सिंगल राउण्ड रोविनका आधारमा हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।
ललितपुर मेयर्स ११ र सुदूरपश्चिमबीच उद्घाटन खेल हुनेछ । फाइनल खेल चैत १६ गते हुनेछ । प्रतियोगिताका सबै खेलमा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4