+
+

स्ववियु निर्वाचन माग गर्दै देवकोटा क्याम्पसमा विद्यार्थीहरुको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते ११:१७

५ चैत, काठमाडौं । पश्चिम नवलपरासीको सुनवलस्थित महाकवी देवकोटा क्याम्पसका विद्यार्थीहरुले स्ववियु निर्वाचनको माग गर्दै नाराबाजीसहित प्रदर्शन गरेका छन् ।

नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्तरुपमा प्रदर्शन गर्दै क्याम्पस प्रमुखको पुत्ला समेत जलाए । स्ववियु निर्वाचन गराउन माग गरे पनि क्याम्पस प्रशासनले नमानेको विद्यार्थीहरुको आरोप छ ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष विनम भण्डारीले स्ववियु निर्वाचन नगराएर क्याम्पस प्रमुखले राजनीति गरेको आरोप लगाए । उनले निर्वाचन नगराउने क्याम्पस प्रमुखले राजीनामासमेत दिनुपर्ने बताए ।

क्याम्पस प्रशासनले विद्यार्थी परिषद गठन भएको र त्यसलाई नै निरन्तरता दिने भनेको भन्दै विद्यार्थी संगठनहरु आन्दोलित छन् ।

उनीहरुले स्ववियु निर्वाचन नै गराउनुपर्ने माग गर्दै गत फागुन २७ गते क्याम्पसका सबै प्रशासकीय शाखाहरुमा ताला लगाएका थिए । ताला खुलाउने विषयमा पटक-पटक वार्ता भए पनि सहमति जुटेको छैन ।

पश्चिम नवलपरासीका अन्य क्याम्पसहरुमा भने स्ववियु निर्वाचन जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?