+
+

ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम४ मोबाइल जित्ने मौका

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १६:५१

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत बैंकका ग्राहकहरुले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैयाँ खर्च गरेर सामसुङ ग्यालेक्सी एम४ मोबाइल फोन जित्न सक्नेछन् ।

बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना ५-७ चैतसम्म मान्य रहनेछ ।
यस योजनाको अन्त्यमा, बैंकको डेबिट/क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिनेछ । छनोट भएका एक भाग्यशाली विजेताले १ रुपैयाँमै सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन पाउनेछन् ।

यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानी (इ–कमर्स)लाई प्रवर्द्धन गर्नु रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?