+
+

भोलि शतप्रतिशत सांसदको मत पाउने आश छ : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १७:२४

५ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिंदा शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आश रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि नयाँबानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् । ‘पहिला विश्वासको मत लिंदा ९९.२५ थियो । भोलि १०० नै हुन्छ भन्ने आश छ’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले यसअघि गत पुस २६ गते विश्वासको मत लिएका थिए । त्यसबेला उनले राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक जना सांसद बाहेक सबै दलका तर्फबाट विश्वासको मत प्राप्त गरेका थिए ।

त्यसबेला विश्वासको मत दिएका र सरकारमा सहभागीसमेत भएका नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिइसकेको छ । दुवै दलले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेका छन् ।

सरकारमा सहभागी दलले नै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाको बैठकमा पुन: विश्वासको मत लिन लागेका हुन् । तर, प्रचण्डले विगतमा भन्दा पनि धेरै अर्थात्, शतप्रतिशत विश्वासको मत पाउने आश रहेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?