+
+

प्रचण्डले जनताको विश्वास गुमाइसके : मोहन वैद्य

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १७:५९

५ चैत, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको विश्वास गुमाइसकेको बताएका छन् ।

वैद्यले प्रचण्डले राजनीतिमा विचित्रको ‘लिला’ देखाउन थालेको भन्दै जनताले अब विश्वास गर्ने ठाउँ नरहेको जिकिर गरेका हुन् ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले प्रचण्डले ओलीलाई खत्तम पार्छु भनेर लागेको, पछि फेरि ओलीको शरणमा परेर सरकार बनाएको र त्यसलाई पनि टिकाउन नसकेर जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको आरोप लगाए ।

‘प्रतिगमनका विरुद्ध जाने हो । संविधानको रक्षा गर्ने हो, ओलीले खत्तम पारे भनेर कांग्रेस-माओवादी केन्द्रहरु एकदम कुर्लिएर गए हेर्नुस् । अब सरकार बनाउने बेलामा त छैन । सरकार बनाउने बेलामा त जसका विरुद्ध गएका थिए, त्यसैसँग शरण परेर सरकार बनाउने ल हेर्नुस् अब । यहाँ भन्दा विचित्र के हुन्छ ?’ वैद्यले प्रश्न गरे ।

उनले अगाडि भने, ‘त्यो सरकार त टिकाउनुपर्ने हो नि त फेरि । एमालेसँग बसेर । त्यो पनि टिकाउन नसकेर फेरि फर्केर कांग्रेसतिर । ल हेर्नुस्। राजनीतिक विचित्रता भन्ने कि के भन्ने यो । राजनीतिमा लिला भइसक्यो भन्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?