+
+

म्यानचेष्टर युनाइटेड एफए कपको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते ८:२९

६ चैत, काठमाडौं । म्यानचेस्टर युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै फुलहमलाई ३-१ ले हराएर एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फुलहमले सुरुआती अग्रता लिए पनि दुई खेलाडीले रातो कार्ड पाएपछि ९ खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

जसको फाइदा युनाइटेडले उठायो र अन्तिम १५ मिनेटमै तीन गोल गर्‍यो ।

युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमाखेलको ५०औं मिनेटमा एलेक्सान्डर मिट्रोभिचले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए ।

खेलको ७२औं मिनेटमा विलियन र मिट्रोभिचले रातो कार्ड पाएपछि फुलहम ९ खेलाडीमा समेटियो ।

७५औं मिनेटमा युनाईटेडका ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि युनाइटेडका लागि ७७औं मिनेटमा मार्सल सबिट्जर र  इन्जुरी टाइममा ब्रुनोले व्यक्तिगत दोस्रो गोल गरे ।

युनाइटेडले सेमिफाइनलमाफअब ब्राइटनसँग खेल्नेछ । अर्को सेमिफाइनलमा म्यानचेस्टर सिटीले र सेफिल्ड युनाइटेडसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?