+
+

रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णयबाट पछि हट्यो सरकार

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते ११:५६

६ चैत, काठमाडौं । रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले मलमा अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।

त्यो निर्णय रोक्दै सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको हो ।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?