+
+

उच्च रेकर्ड विन्दुमा पुगेकाे सुनको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १२:५८

६ चैत, काठमाडौं । आइतबार उच्च रेकर्ड विन्दुमा पुगेकाे सुनको मूल्य सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेर एक लाख ९ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

महासंघका अनुसार सोमबार तेजावी सनुको मूल्य एक लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ३३० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

आइतबार सुनको मूल्य हालसम्मकै उच्च एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?