+
+

युट्युबले हटायो डोनाल्ड ट्रम्पमाथिको प्रतिबन्ध

एजेन्सी एजेन्सी
२०७९ चैत ६ गते १३:१२

दुई वर्षको प्रतिबन्ध पश्चात् भिडियो शेयरिङ प्लाटर्फम युट्युबले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको युट्युब च्यानललाई फुकुवा गरेको छ ।

ट्वीटर, फेसबुक तथा इन्स्टाग्रामले ट्रम्पमाथिको प्रतिबन्ध फुकुवा गरेसँगै युट्युबले पनि यस्तो कदम चालेको हो ।

ट्रम्पको च्यानलले हिंसालाई मलजल गर्ने गतिविधि गरेर नियम उल्लंघन गरेको भन्दै गुगलले सन् २०२१ को जनवरीदेखि ट्रम्पलाई उनको युट्युब च्यानलमा भिडियो पोष्ट गर्न रोक लगाएको थियो ।

युट्युबले एक प्रेस विज्ञप्ति जारी गर्दै डोनाल्ड ट्रम्पको युट्युब च्यानल पुनर्स्थापित गरिएको जनाएको छ ।

गुगल स्वामित्वको युट्युबले ट्वीटरमा लेखेको छ : आजदेखि नै डोनाल्ड ट्रम्पको च्यानलमा कुनै बन्देज छैन र त्यसमा नयाँ सामग्री अपलोड गर्न सकिनेछ ।

साथै अन्य युट्युब च्यानलमा जस्तै ट्रम्पको च्यानलले पनि आफ्ना सबै नियमहरु मान्नुपर्ने युट्युबले प्रष्ट पारेको छ ।

सन् २०१९ को जनवरी ६ मा अमेरिकी संसद भवनमा ट्रम्प समर्थकले हिंसा मच्चाएको केही दिनपछि नै युट्युबले डोनाल्ड ट्रम्पको युट्युब च्यानलमाथि प्रतिबन्ध लगाएको थियो ।

युट्युबमात्र नभई फेसबुक, इन्स्टाग्राम तथा ट्वीटरलगायतका सोसल मिडियाले पनि ट्रम्पमाथि प्रतिबन्ध लगाएका थिए ।

त्यसको लामो समयपछि ट्रम्पले ट्रुथ सोसल नामक आफ्नै सोसल मिडिया प्लाटर्फम सुरुआत गरेका थिए ।

तर आगामी वर्ष सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपतीय चुनावमा उम्मेदवार हुने घेाषणा गरेसँगै ट्रम्पका सोसल मिडिया अकाउन्टहरुमाथिको प्रतिबन्ध क्रमिक रुपमा हट्न थालेको छ ।

ट्रम्पको युट्युब च्यानलमा २६ लाखभन्दा धेरै सब्सक्राइबर छन् भने ट्वीटरमा ८ करोड ७० लाख फलोअर्स छन् । त्यस्तै फेसबुकमा उनका फलोअर्सको संख्या तीन करोड ४० लाख छ भने इन्स्टाग्रामका फलोअर्स २ करोड ३० लाख छन् ।

युट्युबले प्रतिबन्ध फुकुवा गरेको र आफ्ना करोडौं फलोअर्स रहेको भए पनि डोनाल्ड ट्रम्प आफ्नो युट्युब च्यानलमा फर्किने कुराको भने यकिन छैन ।

शुक्रबार करिब २ वर्षपछि डोनाल्ड ट्रम्पले फेसबुकमा पुनरागमन गरेका थिए । उनले आफ्नो पहिलो पुनरागमन पोस्टको रुपमा म फिर्ता आएँ भनेर लेख्दै सन् २०१६ को राष्ट्रपति चुनाव जितेपछि दिएको भाषणको एउटा भिडियो क्लिप राखेका थिए ।

बीबीसी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?