+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

बुटवल बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियुका दुर्गबहादुर एमसी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १३:२९

६ चैत, बुटवल। बुटवल बहुमुखी क्याम्पसको सभापतिमा एमाले निकट अनेरास्ववियुका दुर्गबहादुर एमसी निर्वाचित भएका छन् ।

अनेरास्ववियुका उम्‍मेदवार दुर्गबहादुर एमसी १ हजार २१४ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका शिवबहादुर खवासले ६३५ मत पाए भने नेपाल विद्यार्थी संघका सागर पौडेल ४ सय ७४ मत मात्र पाए ।

कुल ७ हजार ११० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६८१ मत खसेको थियो ।

यस्तै सचिवमा अनेरास्ववियुका निलकण्ठ पाण्डे १ हजार २१५ मत पाएर निर्वाचित भए भने नेविसंघका माधव खत्रीले ६०१ र अखिल क्रान्तिकारीका ४ सय ३७ मत पाए ।

कोषाध्यक्षमा अनेरास्ववियुकै शशांक बस्यालले १ हजार २१० मत पाएर विजयी भए । निकटतम प्रतिस्पर्धी नेविसंघकी सम्झना पंगेनीले ५१८ र अखिल क्रान्तिकारीकी सपना फुल्लेलले ४९८ मत पाएका छन् ।

यस्तै सभापति उम्‍मेदवार राष्ट्रिय स्वतन्त्र विद्यार्थी समूहका बरन्यम राज गौतमले १४५, विप्लव निकट अखिल क्रान्तिकारीका पदम पराजुलीले २७ र अखिल क्रान्तिकारी बहुमतका पारस राहाडीले २५ मत पाएका क्याम्पस प्रमुख खिमानन्द भण्डारीले जानकारी दिए।

यस्तै सदस्य पदमा पनि अनेरास्ववियुका नविन खनाल, सुचना भण्डारी, सुनिल कार्की, भुकम्प अर्याल, बिमल कुमार पासी, सागर एमसी र प्रज्ज्वल बस्नेत फराकिलो मतान्तरले विजयी भएका छन् ।

यस्तै समानुपातिकतर्फ अनेरास्ववियुले सबैभन्दा बढी १३ सय मत पाएको छ । दोस्रोमा नेविसंघले ५९२ मत, अखिल क्रान्तिकारीले ४९७ मत, राष्ट्रिय स्वतन्त्र विद्यार्थी समूहले १९० मत, विप्लव निकट अखिल क्रान्तिकारीले ३८ मत र नेकपा बहुमत निकट अखिल क्रान्तिकारी बहुमतले ३२ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?