
काठमाडौं । पशुपतिनाथदेखि दैलेखको पञ्चकोशीसम्मको यात्रा सुरु गरेको छ ।धार्मिक तथा ऐतिहासिक महत्व रहेको दैलेखस्थित पञ्चकोशी तीर्थ स्थललाई संघीय राजधानीसँग जोड्न यात्रा सुरु गरिएको हो ।
मनघरी फाउण्डेशनको आयोजना र दैलेखी सेवा समाज काठमाडौं, दुल्लु नगरपालिका, भैरवी गाँउपालिका, नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशको सहकार्य यात्रा तय भएको हो ।
कार्यक्रममा जनप्रतिनिधका तर्फबाट भनाइ राख्दै कर्णाली प्रदेश सभाका सांसद घनश्याम भण्डरीले कर्णाली प्रदेश धार्मिक, ऐतिहासिक, सांस्कृती तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण क्षेत्र भएको बताए ।
पर्यटकीय सम्भावना प्रचुर भएर पनि यो क्षेत्रको उचित प्रचारप्रसार हुन नसकेको बताउँदै यो यात्राले पञ्चकोशी प्रर्वद्धनमा सहयोग पुग्ने बताए ।
प्रमुख जिल्ला अधिकारकिाहरूको तर्फबाट बोल्दै प्रमुख जिल्ला अधिकारी जय नारायण आर्चाले यात्राको सफल्ताको शुभकाना दिए । उनले यो यात्रा संघीय राजधानी र कर्णाली प्रदेशलाई जोडन महत्तवपूर्ण हुने बताए ।
कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य अमर थापा, दिक्पाल शाही, दिपा शर्मा, सिता राना, सुर्यकुमारी श्रेष्ठ र प्रदेश सभा सदस्य कर्णाली प्रदेशका घनश्याम भण्डारी, जानकी सिंह, इन्द्राकुमारी शाही, कृष्णकुमार बिसी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम भण्डारी, ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललगायतले यात्राको सफल्ताको सुभकामना दिएका थिए ।
यात्राका परिकल्पनाकार एव नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका पर्यटन दूत भरतबन्धु थापाले कर्णाली प्रदेश धार्मिक, ऐतिहासिक, सांस्कृति तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण क्षेत्र भएको बताउँदै यो कार्यक्रमले प्रचारप्रसार हुने बताए ।
विश्वसम्पदा सूचीकृतस्थल पशुपतिदेखि धार्मिक तथा ऐतिहासिक स्थान पञ्चकोशीसम्म यात्रा गर्दा बागमती प्रदेशको पशुपति, गण्डकी प्रदेशको देवाघाट, लुम्बिनी प्रदेशको लुम्बीनी र बागेश्वरी, कर्णाली प्रदेशको देउती बज्यै, काक्रेविहार, पञ्चकोशी समेटिने थापाले बताए ।
यात्रा पश्चात संघीय राजधानी काठमाडौं र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यात्राका दौरान कैद गरिएका तस्वीर र भिडियो प्रदर्शनी गरिने आयोजक मनघरी फाउण्डेशन जनाएको छ ।
प्रतिक्रिया 4