+
+

प्रधानमन्त्रीलाई विष्णु पौडेलको जवाफ : समर्थन किन फिर्ता लियौं, आफ्नै अन्तर्मनलाई सोध्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १४:३७

६ चैत, काठमाडौं । नेकपा एमालेले आफूले सरकार छाड्नु र समर्थन फिर्ता लिनुको कारण प्रधानमन्त्री नै जानकार रहेको बताएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्छ भन्दैमा एमालेले समर्थन फिर्ता लिएको र सरकार छाडेको भन्दै यसको जवाफ एमालेले नै दिनुपर्ने बताएका थिए ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पालोमा प्रधानमन्त्रीको भनाइको जवाफ दिएका छन् । उनले एमालेले सरकार छाड्नुको कारण सम्पूर्ण नेपालीलाई थाहा रहेको र स्वयं प्रधानमन्त्री पनि जानकार रहेको बताए ।

‘नेकपा एमालेले किन समर्थन फिर्ता लियो भन्ने कुरा दुनियाँलाई थाहा छ, सम्पूर्ण नेपालीलाई थाहा छ, सबैभन्दा बढ्ता जानकारी प्रधानमन्त्रीलाई छ, त्यसकारण उहाँले आफ्नो मनलाई सोधे हुन्छ एमालेले किन समर्थन फिर्ता लियो भन्ने कुरा’ पौडेलले भने ।

उनले प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीमाथि अपमानपूर्ण व्यवहार गरेको बताए । ‘नेपालको इतिहासमा परराष्ट्र मन्त्रीप्रति अपमानपूर्ण व्यवहार भएको छ । यो नेपालभित्रको मामिला थिएन, देशको इज्जतसँग जोडिएको विषय थियो’ उनले भने, ‘देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय फोरममा जाँदै गरेको परराष्ट्रमन्त्रीलाई उड्न नपाउँदै रोक्ने काम भयो । परराष्ट्रमन्त्रीको ठाउँम जस्तो पात्रलाई छानेर पठाइयो त्यसले राष्ट्रको हुर्मत लिइयो । राष्ट्रको इज्जत धरापमा परेको छ ।’

संयुक्त राष्ट्रसंघको मानव अधिकार सम्मेलनमा भाग लिन जाने तयारीमा रहेकी तत्कालिन परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री प्रचण्डले रोकेका थिए । उनी रोकिएपछि प्रधानमन्त्रीका मानव अधिकार सल्लाहकार गोविन्द बन्दीले सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

एमाले उपाध्यक्ष पौडेलले प्रधानमन्त्रीले एमाले सरकार छाडेर गए हुन्थ्यो भन्ने अभिव्यक्ति दिएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?