+
+

एन्फाले खेलकुद ऐन नपढ्दा प्रशिक्षक ‘नियुक्ति’मा ढिलाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १९:२०

६ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल खेलकुद विकास ऐन–२०७७ अनुसार प्रक्रिया नमिलाउँदा राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षकको श्रम स्वीकृतिलगायतको नियुक्ति प्रक्रिया ढिलाइ भएको छ ।

खेलकुद ऐनमा भएको व्यवस्था विपरीत ११ फागुनमा बसेको एन्फा कार्यसमिति बैठकले इटलीका भिन्सेन्जो अल्बर्टो एनेसलाई राष्ट्रिय पुरुष फुटबल टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो ।

एनेसले राष्ट्रिय टिमको प्रशिक्षण सुरु गरिसकेका छन् । ८ चैतदेखि नेपालमै भुटान र लाओससमेतको सहभागितामा प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता आयोजना हुँदैछ । तर, नेपालको कानूनअनुसार उनको बैधानिक नियुक्ति प्रक्रिया अझै पूरा भएको छैन । उनले अहिलेसम्म श्रम स्वीकृति पनि पाएका छैनन् ।

खेलकुद ऐनको धारा १५ (ञ)मा विदेशी प्रशिक्षक झिकाउँदा राखेपको कार्यसम्पादन समितिमार्फत युवा तथा खेलकुद मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्ने उल्लेख छ । यसअघि गएको माघमा नेपाल क्रिकेट संघ (क्यान)ले ऐनको प्रक्रिया अपनाउँदा मोन्टी देशाईको नियुक्ति प्रक्रिया १५ दिन लम्बिएको थियो ।

ऐन मिचिएकाले राखेपले विदेशी प्रशिक्षकको श्रम स्वीकृति प्रक्रिया सुरु गर्न नमानेपछि एन्फा नेतृत्वले हतारमा प्रक्रिया अघि बढाएको छ । राखेपले पनि ऐन कार्यान्वयनको सुरुवाती चरण भन्दै आफू मातहतको खेल संघले गरेको कमजोरीलाई सकारात्मक रुपमा लिएर प्रक्रिया अगाडि बढाइदिएको छ ।

‘खेल संघहरु ऐन पढ्न अल्छी गर्छन् । अन्तिम समयमा आएर सबैकुरा एकैपल्ट गरिदिनू भन्छन् । हामीले पनि कानूनअनुसार गर्नैप¥यो,’ राखेपका एकजना अधिकारीले अनलाइनखबरसँग भने ।

राखेपको कार्यसम्पादन समितिले फुटबलका नयाँ प्रशिक्षक नियुक्तिको पूर्व स्वीकृतिका लागि निर्णय गरेर मन्त्रालयमा पठाएको छ । युवा तथा खेलकुद मन्त्रालयले पूर्वस्वीकृति दिएपछि प्रशिक्षकको नियुक्ति, श्रम स्वीकृति र कार्य सहमतिको प्रक्रिया अगाडि बढ्नेछ ।

एन्फाले नयाँ ऐन कार्यान्वयनका क्रममा आफूहरुबाट त्रुटी भएको स्वीकारेको छ । एन्फा प्रवक्ता सुरेश शाहले भने, ‘यसअघिको नियुक्ति प्रक्रिया यसरी हुने गरेको थिएन । यसपल्ट ऐनको नियमावलीसमेत लागू भइसकेको अवस्थामा देशको कानूनी प्रक्रियाअनुसार काम गर्न हामी चुकेका हौं ।’

अब्दुल्लाह अल्मुताइरीले गएको भदौमा राजीनामा दिएपछि एन्फाले खुल्ला प्रतिस्पर्धामार्फत एनेसलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिएको हो । आसन्न प्रधानमन्त्री कपमा नेपाल टिमबाट उनको पहिलो परीक्षा हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?