+
+

पारस खड्का सम्मिलित एसिया लायन्सले जित्यो लिजेन्ड्स लिग क्रिकेटको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ७ गते ८:५४

७ चैत, काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लिजेन्ड्स लिग क्रिकेटको उपाधि जितेको छ ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा सोमबार राति भएको फाइनलमा लायन्सले वर्ल्ड जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।

पारसले फाइनलमा प्लेइङ ११ मा स्थान बनाए पनि ब्याटिङ र बलिङमा भने अवसर पाएनन् । लिगभर दुई खेलमा ब्याटिङ गरे पनि पारसले बलिङ भने गरेनन् ।

वर्ल्ड जायन्ट्सले दिएको १४८ रनको लक्ष्य एसिया लायन्सले १६.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

एसियाको जितमा ओपनरद्वय तिलकरत्ने दिल्शान र उपुल थरंगाले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरे । दिल्शानले ४२ बलमा  ८ चौका मदतमा ५८ रन बनाए । थरंगाले २८ बल खेल्दै ५ चौका तीन छक्का प्रहार गरी ५७ रन बनाए । मिस्बा उल हक र मोहम्मद हाफिज समान ९ रनमा अविजित रहे ।

जायन्ट्सका लागि मोन्टी पानेसर, समित पटेल र ब्रेट लीले समान एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जायन्ट्सले २० ओभरमा चार विकेट गुमाएर १४७ रन बनाएको थियो ।

जायन्ट्सका लागि ज्याक कालिसले अविजित ७८ रन बनाए । ५४ बल खेलेका कालिसले पाँच चौका र तीन छक्का प्रहार गरेका थिए । रोस टेलरले ३२ र लेन्डल सिमोन्सले १७ रन बनाए ।

लायन्सका अब्दुर रज्जाकले २ तथा थिसारा परेराले एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?