+
+

क्रिकेटर ललित राजवंशी र दिपेश कँडेल विराटनगरमा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ७ गते १२:४५

७ चैत, विराटनगर। राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित भएका छन् ।

नेपाल खेलकुद महासंघ मोरङले सिनियर टोलीका खेलाडी राजवंशी र यु-१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले सम्मानपत्र प्रदान गरे ।

दुवै खेलाडी विराटनगरका हुन् । दीपेशले युएईको यु-१९ टोलीविरुद्ध ह्याट्रिक विकेट लिएर नेपाललाई यु-१९ विश्वकपमा छनोट गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

ललितले विश्वकप लिग-२ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए । महासंघले ललितका बुबा-आमालाई पनि सम्मान गरेको छ । महासंघले नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोसन सिंहलाई पनि सम्मान गरेको छ ।

ललित र दिपेशलाई विराटनगर महानगरपालिका र कोशी प्रदेश सरकारले पनि सम्मान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले जनही १ लाख ११ हजार र विराटनगर महानगरपालिकाले जनही एक लाख एक हजारसहित सम्मान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?