+
+

माछापुच्छ्रे बैंकका ग्राहकलाई इन्धनको भुक्तानीमा डिजिटल सेवाको सुविधा 

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ७ गते १३:४७

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले पेट्रोलियम पदार्थको भुक्तानी अब डिजिटल माध्यमबाट गर्न सक्ने भएका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौता गरेसँगै माछापुच्छ्रे बैंकका ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् ।

डिजिटल भुक्तानी सम्झौतामा एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकले एसोसिएसनसँग आबद्ध पेट्रोल पम्पहरुमा पीओएस, क्यूआर लगायत डिजिटल भुक्तानी उपकरणको प्रयोगका लागि सहजीकरण गर्नेछ । ग्राहकले इन्धन खरिद गरेवापतको पैसा डिजिटल प्लेटफर्म मार्फत सरल र विश्वासिलो तरिकाले भुक्तानी गर्न सक्नेछन् ।

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले ग्रीन इकोनोमीलाई टेवा पुर्‍याउने बैंकको रणनीति अनुरुप विभिन्न संघसंस्थासँग समन्वय गरि डिजिटल कारोबारका लागि सम्झौता गरिरहेको बताए ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष प्रधानले वार्षिक झण्डै २ खर्बकोतेल खरिद बिक्री कारोबारलाई डिजिटल कारोबारमा आवद्ध गराउन लागिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?