+
+

७ महिनामा बैंकहरुको नाफा करिब ४५ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ७ गते १९:४५

७ चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा बैंक तथा वित्तीय संस्थाले ४४ अर्ब ८५ करोड रुपैयाँ नाफा कमाएको छन् । माघ मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले उक्त नाफा आर्जन गरेका हुन् ।

पुस मसान्तमा ३६ अर्ब ८८ करोड रुपैयाँ रहेको बैंकहरुको कुल नाफा एक महिनामा करिब ८ अर्ब रुपैयाँले वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

माघ मसान्तमा बैंकहरुको कुल पूँजीकोष ६ अर्ब ७१ अर्ब २७ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । जसमध्ये चुक्ता पूँजी ४ खर्ब २४ अर्ब ८३ करोड रुपैयाँ, जगेडा कोषमा १ खर्ब १ खर्ब ३५ अर्ब १९ करोड र सञ्चित कोषमा ११ अर्ब १५ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

माघ मसान्तमा कमाएको कुल नाफामध्ये वाणिज्य बैंकहरुको ४१ अर्ब ९ करोड, विकास बैंकहरुको ३ अर्ब २० करोड र फाइनान्स कम्पनीहरुको नाफा ६२ करोड रहेको छ । माघ मसान्तसमम नबिल बैंकको नाफा ४ अर्ब रुपैयाँ नाघेको छ । बैंकले सर्वाधिक ४ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।

तीनवटा बैंकको नाफा ३ अर्ब नाघेको छ । एनआईसी एशिया बैंकले ३ अर्ब ६८ करोड, ग्लोबल आईएमई बैंकले ३ अर्ब ५५ करोड र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ७० करोड, एनएमबि बैंकले २ अर्ब २४ करोड र स्ट्यान्नर्ड चाटर्ड बैंक २ अर्ब २ करोड रुपैयाँ नाफा कमाएका छन् ।

यस्तै प्राइम कमर्सिलय बैंकले २ अर्ब, एभरेष्ट बैंकले १ अर्ब ८८ करोड, नेपाल बैंकले १ अर्ब ७१ करोड, प्रभु बैंकले १ अर्ब ६६ करोड सानिमा बैंकले १ अर्ब ५३ करोड र कुमारी बैंकले १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै सिद्धार्थ बैंकले १ अर्ब ४५ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड, हिमालयन बैंकले १ अर्ब ३० करोड, लक्ष्मी बैंकले १ अर्ब २८ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब १८ करोड र सिटिजन्स बैंक १ अर्ब २ करोड रुपैयाँ नाफा कमाएका छन् ।

माघसम्म १ अर्ब नाफा नपुग्नेमा भने ३ वटा बैंक रहेको छ । सनराइज बैंकले ८६ करोड, सिभिल बैंकले ७८ करोड र कृषि विकास बैंकले १० करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंक्ले जनाएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गरिसकेको भएपनि माघसम्म सिभिल बैंकको छुट्टै कारोबार भएकोले माघसम्म बैंकले कमाएको नाफा छुट्टै देखाइएको छ ।

यस्तै चालु आर्थिक वर्षको पुसमा कुमारी बैंकमा एनसीसी बैंक, ग्लोबल आईएमई बैंकमा बैंक अफ काठमाण्डु, नेपाल इन्भेष्टमेन्ट बैंकमा मेगा बैंक नेपाल र प्रभु बैंकमा सेञचुरी बैंक मिसिएको छ । गाभिने बैंकले मर्जरअघि कमाएको नाफा पनि उक्त विवरणमा समावेश भएको छैन ।

विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंकले सर्वाधिक ७३ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै अन्य राष्ट्रिय स्तरका विकास बैंकमा गरिमा विकास बैंकले ५८ करोड ७३ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ४९ करोड २ लाख, महालक्ष्मी विकास बैंक ३६ करोड ४२ लाख, लुम्बिनी विकास बैंकले ३० करोड ५६ लाख, कामना सेवा विकास बैंकले २६ करोड २१ लख सांग्रिला डेभलपमेन्ट बैंकले २१ करोड ९७ लाख, ज्योति विकास बैंक ११ करोड १४ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?